सुनसान बस्ति

All Rights Reserved ©

Summary

The story describes the life of a couple when the world becomes thinly populated after the action of corona. It explains how natural life looks like. It is in 20 chapters in Nepali language.

Status
Complete
Chapters
20
Rating
n/a
Age Rating
13+

भाग -१

चाइनाबाट उत्पन्न भएको कोरोना भाइरस करिब तिन महिना अर्थात सन २०२० को मार्च सम्ममा विस्वको सबै देस मा भैलिसकेको थियो । सुरुमा चाइना ईटालि र अमेरिका मा भयावह भयो र युरोपका कतिपय देसहरुमा माहामारि जस्तो रुप लियो । करीव तिन महिनामा विस्वको सबै देसहरुमा कोरोना फैलि सकेको थियो । सबै देसहरुले जनताको स्वत स्फुर्त इक्षामा एक स्थान बाट आर्को स्थानमा जान अति आवसेक बाहेक को भ्रमण रोकेका थिए ।एक देस बाट अर्को देसमा जाने आकास स्थल र जल मार्ग बन्द गरेका थिए । प्रकृती सान्त भयो र आकास छर्लंंग भएर उघ्रियो । मानिसहरु आ आफ्नो घरमा अलग भएर बस्नन लागे ।

प्रकृति मा आएको यो एकाएक परीवर्तन र मानव मानिसको एकान्तबास लामो समय सम्म रहन सकेन । उनिहरुलाइ लामो समय सम्म यसरी एकान्तमा बस्न संभव भएन । मानिस हरुले स्वत स्फुर्त रुपमा एकान्त वास भंग गरे । कोरोना भाइरसको संक्रमन देसका बिभिन्न प्रान्त मा भैलियो र युरोप अमेरिका अस्ट्रेलिया मा सिमित भयाबह अब एसिया र अफ्रिका मा पनि भैलियो ।

सुरुमा बिभिन्न बिज्ञ, जोतिष तथा विश्लेषक हरुले आ-आफ्नो अनुमान लगाइ केहि समय पछि कोरोनाको प्रकोप सान्त हुने अनुमान गर्दै गए । तर एक पछि अर्को अनुमान बिफल भयो र अन्तमा सबैले एक स्वरमा भन्न थाले कि कोरोनाको अन्त दुइ बर्ष पछि हुन्छ । यस बीचमा कोरोनाको भेक्सिन पनि बन्ने प्रकृयामा थियो ।

दैनिक तिन लाख नया संक्रमन हुने र पाच हजार को दरले मृत्यु हुने क्रम सन २०२० बीच सम्म थियो जुन बढेर बर्षको अन्तमा दैनिक पाच लाख नया संक्रमन हुने र दस हजार मर्ने क्रम रह्यो । तेसपछि कम हुने आसा गरिएको थियो । केहि साना देसहरुले कोरोना लाइ सुरुदेखिनै नियन्त्रणमा राखेका थिए । युरोप अमेरिका मा पनि घटदै गएको थियो । भारतमा बडदै गएको थियो । अब मानिसहरु कोरोना बाट डराउनु भन्दा पनि एक पटक संक्रमन भए राम्रै हुन्छ भन्ने मनस्थितिमा पुगेका थिए । कोरोनाको संक्रमन एकपटक भएमा पछि पछि सम्म सरीरमा एन्टिबाडि रहन्छ भन्ने मान्यता थियो । तर यस्तो अवस्था कति समय सम्म रहन्छ भन्ने यकिन थिएन ।

सन २०२१ को सुरुवात संगै कोरोनाले उग्र रुप लियो । अस्पतालमा डाक्टर नर्स हरु मा संक्रमन भयावह भयो बिरामि को उपचार हुन सकेन। जिवन यापनको न्युनतम आधार को सेवा समेत बन्द भयो । गाउँ गाउँमा माहामारि भयो । कसैले कसैलाइ सहयोग गर्न सकेनन । सन २०२१ को अन्त सम्ममा संसारभर सबै वस्तिमा संक्रमन फैलियो र मानिसहरु तिब्र गतीमा मर्न थाले । सबै बस्तिहरुमा बसो बास पातलो भयो । मानिसहरु प्राकृतिक रुपमा एकान्त मा बस्न लागे । यसप्रकार त्यो सान्त बातावरणमा कोरोनाको प्रसारन रोकियो र सन्सार बाट कोरोना उन्मुलन भयो । तर मानव समाज अति नै पातलो भयो । यस्तो लाग्दथ्यो मानब समाज फेरी पुरातन युगमा फिर्ता गएको छ । सबै प्राबिधिक उपयोगिताहरु बन्द भए । बिज्ञान फेरी निस्कृय भयो ।

मानिस हरु आफुले चाहेको स्थानमा खेति गर्ने र चाहेको घरमा संहार गरेर बस्न थाले । यवं प्रकारले आधा सताब्दि बित्यो । नया पुस्ताका मानिसहरुलाइ बिगत थाहा भएन । मानिसहरु प्रकृति प्रेमि भए । जनावर बनस्पतिको रक्षा गर्न थाले ।

यति कथा सुनिसकेपछि सेविका ले आफ्नो हजुरबुबा संग सोधिन, “ हजुरबा तेसो भएत यो सन्सारमा मानिसनै नभएका ठाउँ पनि होलान हगि “

हजुरबा भन्छन, “ तेस्तो ठाउँ पनि होलान तर केहि मानिस त सबै जसो ठाउँमा छन होलान । यस्तो पनि हुन सक्छ कति मानिस हरु नयाँ स्थानमा पनि सरे होलान ।“

सेबिकाले हजुरबुबाले भनेको कथा आफ्नो साथी प्रबल लाइ बताइन । प्रबल को मनमा अनेक कुराहरु आइरहेको थियो । केहि दिन पछि उनिहरुको फेरी भेट भयो ।

प्रबल ले प्रस्ताब राखे, “ हे सेविका हामि किन यहा बाट टाढा गएर एउटा राम्रो स्थानमा बस्ने घर खोजेर नया जीवन न बिताउने “

सेविकालाइ पहिले त डर लाग्यो उनि केहि बोलिनन । तर बिस्तारै प्रबलको बिचारले उनको मनमा पनि एउटा नयाँ जीवनको उत्साह पलाएर आयो । ऊनको मनमा एउटा कल्पनाको सन्सार बन्न लाग्यो । एउटा घर, घर अगाडि बगैंचा, अलि पर कल कल गर्दै झरेको पानीको धारो, नजिकै गोठमा गाइहरु अनि आगनको एक कुनामा दुध उम्लिएको, नजिकै बगैचामा फल लटरम्म पाकेर झुलेको, उत्तरमा घामले चम्केको हिमाल अलिपर हरियालि पहाड । फेरी उनको आँखामा पुर्बमा रंगि बिरंगि रुपमा बिस्तारै अनेक रुपमा बदलिरहने बादल,पस्चिममा घाम अस्ताउदा बादलको पहेलो रातो बाल्को गहिरो रुप आदि देखिन थाले । उनको आँखामा वरी परि रुखबा बादर चराहरु को चिर बिर गर्न थाले ।

अर्को दिन सेविकाले भनिन “ प्रबल, मलाइ तिम्रो बिचार त राम्रो लाग्यो , के हामि तेस्तो गर्न सक्छौ ?”

केहि दिनमा उपयुक्त समय हेरेरे उनिहरु परीवारमा केहि जनाउ गरेर घर बाट निस्किए । उनिहरु टाढा टाढा हिडदै गए । बीचमा कहि बस्तिमा त कहि ओडारमा बास बस्दै गय । सेविकाको मनमा जुन संसार कल्पित थियो त्यो स्थान अझै आएको थिएन । एक हप्ताको यात्रा पछि उनिहरुले एउटा सुन्दर घर अनि वरी परी आफ्नो कल्पना संग मेल खाने परीवेस फेला पारे । यो दक्षिण मोहडाको पहाड को फेदमा थियो । उनिहरु तेहि बस्न लागे । यो सन्सार वास्तवमा इनिहरु को मात्र सन्सार थियो । वर पर कतै मानिसको गन्ध थिएन ।

समन्ताले सोधिन, “ कनक के यो स्थान उप्युक्त छ त? “

सनक ले भने, “ हे समन्ता, नजिक जंगल छ, पानी छम खेति गर्न जमिन छ र वरी परी खुलेको छ । बाचनको लागि चाहिने यतिनै त हो बाकि त आफ्नो मेहनतले बनाउने कुरा हो ।“

एक दिनको कुरा हो उनिहरु पहाडको नजिकै टहल्दै थिए । उनिहरुले पहाडको गुफा मा केहि गाइहरु बसिरहेको देखे । उनिहरुले ति गाइलाइ ल्याएर पाल्तु बनाए । गाइ को दुध दुएर दहि महि मखन अनेक परीकार बनाए । अब उनिहरुको जीवन मा नया ौत्साह आयो ।

सेविका र प्रबल को मित्रता त्यहाका बादर हरु संग भयो । बादर हरु जंगलमा गएर साग र फल फुल टिपेर ल्याउथे । चरा हरु राम्रा राम्रा जंगलि फुलहरु टिपेर ल्याउथे । एक दिन सेविका ले एक शिसुको जन्म दिइन । बातावरनमा नया उमंग र उत्साह छायो । त्याहाका गाइ बाछा, बादर चराचुरुंगिमा उमंग छायो । एउटा नया बातावरणको शृजना भयो ।

एक दिन प्रबल जंगल तर्फ कन्दमुल खोज्न गएका थिए । एक्कासि उनले आकासमा चराहरु चाइ चाइ चुइ चुइ गर्दै उडेको आवाज सुने । बादर हरु पनि उफ्रिदै एक रुख बाट अर्कोमा हम्फालि रहेका थिए । एउटा बादर प्रबल को खुट्टामा तान्दै थियो । एतिकैमा पर बाट बाघको आवाज आयो । प्रवल ले बादरको संकेत बुझे र घर तर्फ हतार हतार गरेर डौडिए । घरमा आएर प्रबलले सोचे बास्तवमा बादर चराहरुले उनिहरुको सुरक्षामा निकै ध्यान दिदा रहेछन ।

यस प्रकारले यहा को वसाइ पाच बर्ष भयो । एक दिन सेविका को आँखा घरको कोठाको कुनामा भएको तस्बिर मा गयो । तेसमा एक परीवारको सामुहिक तस्बिर थियो । तेसमा एउटा बालिकाको फोटो थियो जुन उनको बाल्यकालको तस्विर जस्तो देखिन्थ्यो । पछि उनले प्रबल लाइ देखाइन । प्रबल ले सोधे,” सेबिका तिमि तेसै गाउँमा जन्मेको हैन र?” सेबिकाले भनिन, “हो म तेसै गाउमा जन्मेको हो “

प्रबल ले निकै सोचेर भने, “ बुझयौ यो तिम्रो आमाको माइति घर रहेछ, अनि त्यो फोटो तिम्रो हैन तिम्रो आमाको बाल्यकालको हो”

सेविकाको अनुहारमा एकाएक उज्यालो छायो। उनले भनिन, “ भने पछि हामि आफ्नो घरमा नै छौ?”

प्रबल ले पनि उत्साह भएर भेने, “ हो हामि आफ्नै पुर्खाको घरमा छौ “

Let Nam Raj Khatri know what you thought about this chapter!
Love this

0

Love this

Funny

0

Funny

Spicy

0

Spicy

Suspenseful

0

Suspenseful

Emotional

0

Emotional

Profound

0

Profound

Heartwarming

0

Heartwarming

Shocking

0

Shocking

Good Writing

0

Good Writing

Compelling Plot

0

Compelling Plot

Great Character

0

Great Character

Strong Dialog

0

Strong Dialog