प्रिष्टभुमि
सम्बत १७५१ असार सुल्क तिजको दिन श्री जी ले मौन ब्रत लिनु भयो र चौथि को दिन बिहान दुइ घडि बाकि रहदा कार्य पुरा गरेर अन्तरध्यान हुनु भयो। तिजको दिन जब छत्रसाल महाराज आउनु भयो महाराज समेत धेरै सुन्दर साथ श्री संगै धाम जान तयार थिए । श्री जी लाइ महाराज, केसव दास र लाल दास लाइ बिषेश रुपामा रोक्नु भयो। छत्र साललाइ सबै सुन्दर साथको जिम्मा लगाउनु भयो, केसवदास लाइ तारतम बाणि को किताव बनाउने जिम्मा लगाउनु भयो र लाल दासलाइ जागनिको बितक लेख्ने काम दिनु भयो । लाल दास महाराज ले श्री जी लाइ सोध्नु भयो हे धनी म त ठट्ठा बाट मात यात्रामा समिल भएको थिए तेस अगाडिको बितक म कसरि जान्दछु । तब श्री जी भन्नु हुन्छ, हे लाल दास तिमि निमित्त मात्र बन गर्ने गराउने काम म गर्दछु । लाल दास महाराज ले यो काम सिरमा लिनु भयो र पन्चमिको दिन बाट सुरु गरेर श्रावण कृष्ण सप्तमि को दिनमा पुरा गर्नु भयो । जम्मा तेतिस दिन मा बितक पुरा गरेर अन्तिम प्रणाम गर्नु भयो र आफु पनि धाम गमन गर्नु भयो । यसैले असार सुल्क पन्चमिको दिन बात प्रतेक बर्ष बितक कथा प्रारम्भ गर्न्ने परम्परा रहेको छ ।